बुटवलमा गोली चल्यो, एकजना घाइते

बुटवल । रूपन्देहीकाे बुटवलमा गाेली चलेकाे छ । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

कलश होटेलमा गैंडाको खाग तस्करी भइरहेकाे सूचनाका आधारमा प्रहरीले छापा मार्दा गाेली चलेकाे हाे । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएका हुन् ।

चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकाे छ । उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ ।

Facebook Comments