हत्या अभियाेगका फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय राैतहटले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राैतहटकाे कटहरिया नगरपालिका-१ भसेढवाका तेजन भनिने ४५ वर्षीय तेजनारायण दास रहेका प्रहरीले जनाएकाे छ ।

उनलाई गएराति आफ्नै गाउँमा विवाहकाे जन्ती हेर्न घरबाट बाहिर निस्किँदा स्थानीयहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

सोही सूचनाको आधारमा अस्थाई प्रहरी छेदिचौकबाट गएको टोलीले अभियुक्त दासलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए ।

आरोपी दास गत बैशाख ७ गते राती कटहरिया नगरपालिका-१ भसेडवा बस्ने सन्दिप यादवलाई कुटपिट गरी ज्यान मारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लुकिछिपी बसिरहेका दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments