नवलपुर । पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।
पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका-९ बसन्तपुरमा थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको बसले लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे ।
बसको ठक्करबाट मध्यविन्दु नगरपालिका-१३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो । कुमालको चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिए ।
दुर्घटनामा परी मध्यविन्दु नगरपालिका १३ निवासी मनु विक र सोही ठाउँकै २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । घाइते दुबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Facebook Comments