राँगाले हान्दा एक जनाको मृत्यु

डोटी । डाेटीमा आफैँले पालेको राँगाले हान्दा एक जनाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाेटीको आदर्श गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय चक्र साउद रहेका प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायलमा मृत्यु भएको हो ।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ ।

राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । रासस

Facebook Comments