कुखुरा फार्ममा तास खेल्ने १२ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले लक्ष्मी पूजाका दिन जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ।

शनिवार दिउँसो साढे १२ बजे बारा, करैयामाई गाउँपालका-१ जब्दी टोलमा स्थानीय राकेशप्रसाद साहको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरूकाे साथबाट एक लाख १७ हजार रूपैयाँ समेत  बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी डिएसपी गौत्तम मिश्रले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई जुवा खालबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments