प्रहरी भन्दै सर्बसाघारणलाई धाम्क्याउने ३ जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले नक्कली प्रहरी बनेर सर्बसाघारणलाई धाक धम्की दिने समूहका ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा नुवाकोटकाे तादी गाउँपालिका-८ घर भई तारकेश्वर नगरपालिका बस्ने २३ वर्षका रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका-५ डाँडाखर्क घर काठमाडाैंकाे वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षका तुल बहादुर मगर र नवलपरासीकाे कावासोती नगरपालिका-१२ पिठौली घर भई काठमाडाैंकाे स्वयम्भु बस्ने ३६ वर्षका गुविराम घले रहेका प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरूले काठमाडाैंकाे बालाजु माछापोखरी एरियामा ब्यक्तिहरुलाई आफू प्रहरीको ईन्सपेक्टर हुँ भन्दै धम्की दिई रकम माग गरी दुःख हैरानी दिने गरेका थिए ।

Facebook Comments