सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

काठमाडाैं । प्रहरीले सुन्दर यातायात प्रा.लि.का अध्यक्ष भेषबहादुर थापालाई पक्राउ गरेको छ।

चेक बाउन्सको उजुरीमा प्रहरीले थापालाई बुधबार कालीमाटी क्षेत्रबाट पक्राउ गरेको हो । एक करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी थापाविरुद्ध प्रहरीमा झविन्द्र बन्जाडेले उजुरी दिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार थापाविरुद्ध करिब एक महिना अघि नै उजुरी परेको थियो। थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments