काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ । करिब एक महिना हेर्दाहेर्दैमा राखिएको गाैतमकाे मुद्दाको पेसी आज तोकिएको हाे ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो ।
गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत असोज १२ गते सर्वोच्चमा रिट दायर गर्दै उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय खारेज गर्न माग गरेका थिए ।
त्यस्तै सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
यसअघिनै सुनुवाई हुनपर्नेमा दसैँपछि हुने सुनुवाई गर्ने भन्दै गौतम विरुद्धको मुद्धा हेर्दाहेर्दैमा राखिएकोमा आज सुनुवाइ हुन लागेको हो ।
Facebook Comments