बालिका बलात्कार आरोपमा ५२ वर्षीय तामाङ पक्राउ

काठमाडौं । ७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-८ रामनगर चिप्लेगौंडा बस्ने धादिङ धुनवेशी नगरपालिका ९ घर भएका ५२ वर्षीय चक्रे तामाङ रहेका प्रहरीले जनाएकाे छ।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments