दाङ । दाङको घोराहीबाट चितुवाको छालासहित दुई युवा पक्राउ परेका छन् । साथै उनीहरूकाे साथबाट झन्डै ४ किलो अफिमसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका-५ निवासी २७ वर्षीय धनसिंह टमाटा रहेका छन् ।
उनीहरूको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएकाे छ । पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
Facebook Comments